यस्तो देखियो महासचिव गुटेरेस लुम्बिनी पुग्दा

यस्तो देखियो महासचिव गुटेरेस लुम्बिनी पुग्दा
सुन्नुहोस्

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज लुम्बिनी पुग्नुभएको छ । बिहान अन्नपूर्ण बेसक्याम्पबाट पोखरा झरेर उहाँ विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै दिउँसो लुम्बिनी पुग्नुभएको हो । 

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमा लुम्बिनी जानुभएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नुभएको थियो ।  

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक पुग्नुभएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामालगायतले स्वागत गरे 

डेढ घण्टा लुम्बिनीमा विताउनुभएका गुटरेसले शान्तिदीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गर्नुभयो । शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उहाँ पैदल जानुभएको हो ।

महासचिव गुटरेसले लुम्बिनीको अवलोकनपछि पत्रकारहरुमार्फत शान्तिभूमिबाट शान्तिको सन्देशसहितको सम्बोधन पनि गर्नुभयो ।

टिप्पणीहरू