काठमाडौँका विभिन्न ठाउँमा जुवाको खाल, डेढ दर्जन जुवाडे पक्राउ

काठमाडौँका विभिन्न ठाउँमा जुवाको खाल, डेढ दर्जन जुवाडे पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट डेढ दर्जन जुवाडे समातिएका छन् । हिजो खालमै पुगेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

सामाखुशी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवा खेलिरहेको अवस्थामा म्याग्दीकी २६ वर्षीया यमकुमारी पुनसहित आठ जना समातिएका छन् । महाराजगञ्ज वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई एक लाख ९९ हजार रुपैयाँ नगद र तीन तासबुकसहित नियन्त्रणमा लिएको बताइएको छ । 

यस्तै, तारकेश्वर नगरपालिका-८ जरङ्खुमा पनि आठ जना जुवाडे प्रहरीको फन्दामा परेका छन् । जरङ्खुस्थित खाजा घरभित्र जुवा खेलिरहेको अवस्थामा नुवाकोटका ३९ वर्षीय पूर्णबहादुर रानासहित आठ जनालाई प्रहरीले समातेको हो । 

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो दिउँसो पक्रेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट १९ हजार ५ सय रुपैयाँ नगद र तीन तासबुक बरामद गरेको छ । 

पक्राउ परेका ति जुवाडेहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

टिप्पणीहरू