संसद भवन जानुअघि महासचिव गुटेरेस सिंहदरबारमा

संसद भवन जानुअघि महासचिव गुटेरेस सिंहदरबारमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न संसद भवन बानेश्वर जानुअघि भेटघाटका लागि उहाँ सिंहदरबार जानुभएको हो । 

 केही बेरअघि मात्रै लुम्बिनीबाट काठमाडौँ फर्किनुभएका उहाँ सवा ३ बजे सिंहदरबार छिर्नुभएको बताइएको छ । महासचिव गुटेरेसले अपराह्न ४ बजे संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू