नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुलाई महासचिवको सम्मान

नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुलाई महासचिवको सम्मान

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ । 

आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियामा संलग्न सबै नेतालाई राष्ट्रसंघको सम्मान रहेको बताउनुभएको हो । उहाँले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन सुझाव दिनुभएको छ । 

महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुरुप शान्ति प्रक्रिया टुंगोमा पुग्ने विश्वाससमेत लिनुभएको छ । नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू