‘पूर्वबाल लडाकु’ ’नजरबन्द’मा

‘पूर्वबाल लडाकु’ ’नजरबन्द’मा

आफूलाई पूर्वबाल लडाकु बताउने लेलिन विष्ट ‘नजरबन्द’ मा परेका छन् । 

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापनपत्र बुझाउन जाने क्रममा आफू र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका हुन् ।

छोराका हत्यारालाई कारबाहीको माग राखेर वर्षाैंदेखि अनशनमा बस्दै आएकी गंगामाया अधिकारीलाई भेटेर फर्किने क्रममाा प्रहरीले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको विष्टले बताए । 

‘हामी वीर अस्पतालबाट गंगामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ बिष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, इन्सेकका प्रतिनिधिहरु आएका छन् ।’

टिप्पणीहरू