करिश्मा मानन्धरलाई हैरान पारेपछि ‘भाइरलम्यान’ सेनामाथि खनिए

करिश्मा मानन्धरलाई हैरान पारेपछि ‘भाइरलम्यान’ सेनामाथि खनिए
सुन्नुहोस्

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने एक जना व्यक्ति पक्राउ परेका छन् । झापाको दमक नगरपालिका वडा नम्बर ५, घर भएका युट्युबका ‘भाइरलम्यान’ डिल्लीराम खनाल समातिएका हुन् ।

सामाजिक सञ्जालमार्फत संस्थाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन गरेको भन्दै सेनाले कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएको थियो । 

सोही उजुरीका आधारमा खनाललाई हिजै पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । 

अभिनेत्री करिश्मा मानन्धरको बारेमा सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिएर चरित्रहत्या गरेको आरोपमा उनी यसअघि पनि पक्राउ परेका थिए ।

टिप्पणीहरू