श्रीमतीलाई बञ्चरोले गिँडेपछि, श्रीमानले लगाए पासो

श्रीमतीलाई बञ्चरोले गिँडेपछि, श्रीमानले लगाए पासो

स्याङ्जामा श्रीमतीको हत्यापछि श्रीमानले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् । चापाकोटका ५५ वर्षीय देवबहादुर विकले श्रीमती पार्वतीको बञ्चरो प्रहार गरेर हत्या गरेका थिए । त्यसपछि घर नजिकैको रुखमा गएर आफूले पासो लगाएका हुन् ।

चापाकोट नगरपालिका–७ खासाका विकले ४६ वर्षीया श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिजो साँझ खाना खाएपछि आज बिहान उनीहरुको शव घरभित्र र बाहिर फेला परेको हो ।

छोरीले बिहान सबेरै आमाको हत्या र बाबुको आत्महत्या भएको अवस्थामा शव देखेको बताइएको छ । अहिले दुवै शव पोष्टमार्टमको निम्ति स्थानीय अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू