काँग्रेस, एमाले र राप्रपाका नेताहरु नयाँ दिल्ली जाँदै

काँग्रेस, एमाले र राप्रपाका नेताहरु नयाँ दिल्ली जाँदै

नेपाली काँग्रेस नेतृ, सभासद तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा नयाँ दिल्ली प्रस्थान गर्नुभएको । उहाँ बिहान ८ बजेको नेपाल वायुसेवाको उडानमा त्यता जानुभएको हो । उहाँ आगामी बुधबार स्वदेश फर्कने बताइएको छ ।

आजै एमाले प्रमुख सचेतक पदम गिरी पनि नयाँ दिल्ली जान लाग्नुभएको छ । उहाँ दिउँसो २ बजे नेपाल वायुसेवाको उडानमा जाने बुझिएको छ । 

त्यसैगरी राप्रपा नेता तथा सभासद पशुपति समशेर राणा आजै दिउँसो त्यता जाने बताइएको छ । उहाँ दिउँसो ४ बजे भिस्तारा एअरको उडानमा नयाँ दिल्ली जाने कार्यक्रम छ ।

टिप्पणीहरू