धेरै जना भिआईपीको राजधानी बाहिर कार्यक्रम

धेरै जना भिआईपीको राजधानी बाहिर कार्यक्रम

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज सिमरा जान लाग्नुभएको छ । उहाँ बिहान साढे १० बजेको बुद्ध एअरको उडानमा त्यता जाने बताइएको छ ।

यसअघि सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा भैरहवा पुग्नुभएको छ । उहाँ बिहान ८ बजे बुद्ध एअरको उडानमा त्यता जानुभएको हो । 

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल पौने ८ बजेको समयमा बुद्ध एअरको उडानमा सुर्खेत पुग्नुभएको आयोग स्रोतले बताएको छ ।

पूर्वमन्त्रीहरु दिपक गिरी र विक्रम पाण्डे साढे १० बजे बुद्ध एअरको उडानमा नेपालगञ्ज जाँदै छन् । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेल दिउँसो ३ बजे बुद्ध एअरको उडानमा विराटनगर र एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली साँझ ६ बजे बिराटनगर जाने बुझिएको छ ।

यसैबीच नेपाल भ्रमणमा आएका भारतीय सेनाका जर्नेल सी बान्नी पोनाप्पाको टोली १० बजे भैरहवा जाँदै छ भने जापानी दूतावासका नियोग उपप्रमुख ताकाहिरो तामुरा, प्रोग्राम मेनेजर मिकी उप्रेती र राप्रपा नेता ज्ञानेन्द्र शाहीको बिहान ९ बजे बुद्ध एअरको उडानमा धनगढी जाने कार्यक्रम रहेको बताइएको छ ।

टिप्पणीहरू