परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण (तस्बिरमा)

परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण (तस्बिरमा)
सुन्नुहोस्

अमेरिका भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद भेटघाटमा व्यस्त हुनुहुन्छ । अमेरिकी समकक्षी एन्टोटी जी ब्लिन्केनसँग भेटेर प्रारम्भ गर्नुभएको छलफल अहिले पनि जारी रहेको बताइन्छ । 

उहाँको राजधानी वाशिंगटन डिसीमा अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमुख प्रशासक समान्ता पावरसँग हिजो मङ्गलबार भेटवार्ता भएको छ । त्यस्तै अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग पनि हिजै भेटवार्ता भएको हो । 

यसअघि उहाँ त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको र सोही क्रममा अमेरिकी अधिकारीहरु र अमेरिकामा रहेका नेपालीसँग भेटघाट गरेको बताइएको छ ।


 

टिप्पणीहरू