जुलुश लाउने पालो जर्नेलहरुको ?

जुलुश लाउने पालो जर्नेलहरुको ?
सुन्नुहोस्

नेपाली सेनाबाट बेलाबखत हुने गरेका कारबाहीविरुद्ध पूर्व जर्नेलहरु सडकमा ओर्लिन लागेका छन् । उनीहरु कम्तीमा तीन दिनसम्म माइतीघर मण्डलामा धर्ना बस्न  लागेको बुझिएको छ । 

२ महिना थुनिएर बर्खास्तसमेत भएका २ तारे जर्नेल प्रेम शाही र अमेरिकाबाट सेनापतिको निरँकुश अधिकारविरुध्द सर्वोच्चमा मुध्दा हाल्न आएका पूर्व प्यारा मेजर  प्रज्वल बस्नेतलगायतको टोली माइतीघरको सडकमा प्रदर्शनको तयारीमा देखिएका छन् । 

उनीहरुले सर्वोच्च अदालतको १२ वर्ष पुरानो दुई वटा आदेश कार्यान्वयन गरी सैनिक ऐन पुनरावलोकननिम्ति माग राखेका छन् । त्यस्तै सैनिकहरु पनि नेपाली नागरिक भएकाले उनीहरुको मानवअधिकारको सुनिश्चितता गर्नुपर्ने र कानुन विपरितका थुनाबाट मुक्त गराइनुपर्ने मुख्य माग उठाइएको बताइएको छ ।

टिप्पणीहरू