काठमाडौंबाट पूर्व उडेको एअर डाइनास्टीको हेलिकोप्टरमा चार जना

काठमाडौंबाट पूर्व उडेको एअर डाइनास्टीको हेलिकोप्टरमा चार जना
सुन्नुहोस्

एअर डाइनास्टीको एउटा हेलिकोप्टर काठमाडौं विमानस्थलबाट पूर्वतर्फ उडेको छ । बिहान पौने १० बजेको समयमा उडेको कल साइन ९ एन –एएलए हेलिकोप्टरमा दुई जना विदेशी र दुई जना नेपाली उच्च अधिकारीहरु रहेको बताइएको छ । 

नेपाल विद्युत प्राधिकरण स्रोतका अनुसार कार्यकारी निर्देशक कुलमान घिसिङसहित चार जना खोटाङ गएका हुन् । एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नुदा काउचोसी र एसियाली विकास बैंकका प्रबन्ध निर्देशक तथा समूह प्रमुख डा. रमेश रमेश सुब्रमण्यमसँगै पुष्कर मानन्धर पनि सोही हेलिकोप्टरमा त्यसतर्फ गएका हुन् ।

टिप्पणीहरू