संयुक्त राष्ट्र संघका महासचिव त्रिभुवन विमानस्थलमा

संयुक्त राष्ट्र संघका महासचिव त्रिभुवन विमानस्थलमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज नेपालको चार दिने भ्रमण पूरा गररे फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । उहाँ बिहान सवा १० बजेको कतार एअरवेजको उडानमा दोहा हुँदै लण्डन जान लाग्नुभएको बताइएको छ ।

भ्रमणको क्रममा राजधानीको होटल सोल्टीमा बस्नुभएका महासचिवले आफ्नो भ्रमणबारे बिहान ९ बजे पत्रकार सम्मेलन गर्नुभएको थियो ।
 
शनिबार राति काठमाडौं आइपुग्नुभएका उहाँ आइतबार राजनीतिक भेटघाटमा व्यस्त भएपछि सोमबार र मंगलबार विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । हिजो अपरान्ह संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

टिप्पणीहरू