राजधानीको आकाशमा बादल, जाडोको संकेत

राजधानीको आकाशमा बादल, जाडोको संकेत

बिहानैदेखि लागेको बादलका कारण राजधानीमा चिसो महशुस गरिएको छ । आज कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भूभागमा बाहेक अधिकांश भागमा मौसम सफा रहेको जनाइएको छ ।

आंशिक बदली रहेका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

काठमाडौं उपत्यकामा आज बादल लागेपनि आगामी केही दिनसम्म पारिलो घाम लाग्ने महाशाखाले जनाएको छ ।

टिप्पणीहरू