सिपाहीको कुटपिटबाट बुढाको निधन

सिपाहीको कुटपिटबाट बुढाको निधन
सुन्नुहोस्

नेपाली सेनाका सिपाहीको कुटाइबाट एक जनाको ज्यान गएको छ । श्री महावीर शौर्य गण (रेञ्जर) मा कार्यरत ब्याच नम्बर २७८१६४ का सिपाही विजयबहादुर बस्नेतको कुटपिटबाट एक जनाको मृत्यु भएको बताइएको छ । 

दैलेखको नारायण नगरपालिका ७ स्थायी घर भएका बस्नेतले विजया दशमीको दिन मादक पदार्थ सेवन गरी स्थानीय ३० वर्षीय हिक्मतबहादुर बुढासँग विवाद गरेका थिए । विवाद बढ्दै गएपछि उनको कुटपिटबाट बुढा गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, दैलेखले उनलाई कुटपिटको आरोपमा कात्तिक ८ गते पक्राउ गर्यो । दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहँदा घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । 

सुर्खेत अस्पतालमा उपचाररत उनको कात्तिक १० गते निधन भएको जनाइएको छ । आइतबार मुद्दाको प्रारम्भिक अनुसन्धानको क्रममा उनी सेनामा कार्यरत रहेको खुलेको थियो । हाल उनी दैलेख प्रहरीको हिरासतमा छन् ।

टिप्पणीहरू