कुलमान हेलिकोप्टरमा, कार्यकक्षमा कर्मचारीहरुको नाराबाजी

कुलमान हेलिकोप्टरमा, कार्यकक्षमा कर्मचारीहरुको नाराबाजी
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन् । विनियम तथा मापदण्डविपरीत सरुवा गरिएको आरोप लगाउँदै कर्मचारीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन थालेका हुन् । 

उनीहरुले रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आन्दोलन शुरु गरेको बताएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ्गको कार्यकक्षमा आज बिहान साढे १० बजेदेखि शुरु भएको धर्ना साढे ११ बजे सकिएको जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा विरोध प्रदर्शन भएको हो ।

आन्दोलनको नेतृत्व नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेबेले गरेका थिए । उनीहरुले विनियमअनुरुप सरुवा गर्नुपर्ने र विद्युत विधेयक खारेज गर्नुपर्नेलगायत माग राखेका छन् ।

यता कार्यकारी निर्देशक कुलमान घिसिङसहित चार जना आज खोटाङ गएका छन् । एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नुदा काउचोसी र एसियाली विकास बैंकका प्रबन्ध निर्देशक तथा समूह प्रमुख डा. रमेश रमेश सुब्रमण्यमसँगै पुष्कर मानन्धर एअर डाइनास्टीको हेलिकोप्टरमा साढे १० बजे त्यसतर्फ गएका हुन् ।

टिप्पणीहरू