बर्दियामा १४ वर्षीया, झापामा ९ बर्षकी बालिका बलात्कृत

बर्दियामा १४ वर्षीया, झापामा ९ बर्षकी बालिका बलात्कृत
सुन्नुहोस्

झापा र बर्दियामा बालिका बलात्कृत भएका छन् । बर्दियामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २८ वर्षे पुरुष पक्राउ परेका छन् । गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । 

थारूले अस्ति राति ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो । 

उता झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–४, तामाङ बस्तीका ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठ पक्राउ परेका छन् । 

बालिकालाई सोमबार राति घरमा कोही नभएको
अवस्थामा जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू