जताततै स्रोत नखुलेको रकम : चितवना ११ लाख, सिरहामा ५ लाख

जताततै स्रोत नखुलेको रकम : चितवना ११ लाख, सिरहामा ५ लाख
सुन्नुहोस्

प्रहरीले चितवन र सिरहाबाट स्रोत नखुलेको रकम बरामद गरेको छ । राप्ती नगरपालिका–१, चितवनबाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका–६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरी पक्राउ परेका छन् ।

लोथर चेक पोष्टमा खटिएका प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको हो । 

उता सिरहा, सखुवानान्कारकट्टि गाउँपालिका–५ बाट पनि स्रोत नखुलेको नगद ४ लाख ९७ हजार ९ सय रुपैयाँ फेला परेको बताइएको छ । भारत मधुबनी ग्राम पञ्चायत सुगापट्टि–११ बस्ने २९ वर्षीय सन्तोषकुमार महतोलाई प्रहरीले नगदसहित पक्राउ गरेको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको टोलीले ठाडिबाट लहानतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार भारतीयको साथबाट उक्त रकम फेला परेको हो ।
 

टिप्पणीहरू