राजदूतमा सिफारिस परराष्ट्र सचिव संसदीय सुनुवाई प्रक्रियामा

राजदूतमा सिफारिस परराष्ट्र सचिव संसदीय सुनुवाई प्रक्रियामा

क्यानडाका लागि आवासीय राजदूत एवम् क्यूबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीको निम्ति गैर आवासीय राजदूतमा सिफारिस हुनु भएका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाई समितिको आजको बैठकले सूचना जारी भएको मितिले १० दिनको समयावधिभित्र उजुरी माग गर्ने निर्णय गरेको छ । समितिले सर्वसाधारणलाई उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने निर्णयसमेत गरेको छ ।

टिप्पणीहरू