सिटिईभिटीको सदस्य सचिव छनौट प्रक्रिया र मिति तय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) का सदस्य सचिवको निम्ति कार्ययोजना प्रस्तुतिकरण र अन्तवार्ता मिति तोकेको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन तथा प्रशासन प्रवद्र्धन शाखाले सिटिईभिटीको सदस्य सचिवका उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता मिति पर्सि शुक्रबार र शनिबारका लागि तय गरेको हो ।
कात्तिक १७ गते अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुंगाना, नलराम देवकोटाको कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता हुने छ ।
त्यस्तै, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल, प्रमोदभक्त आचार्यको कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता भोलिपल्ट हुने जनाइएको छ ।
मन्त्रालयको डकुमेन्टेशन हलमा तोकिएको दिन दिउँसो ३ बजेर ५ मीनेटदेखि कार्ययोजना प्रस्तुतिकरण एवम् अन्तरवार्ता हुने जानकारी दिइएको छ ।
टिप्पणीहरू