तिहारमा भारतीय सयपत्रीको माला प्रतिबन्ध

तिहारमा भारतीय सयपत्रीको माला प्रतिबन्ध
सुन्नुहोस्

सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरीले सूचना प्रकाशित गर्दै सोको जानकारी दिएको हो । 

तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाइएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गत कात्तिक १ गतेदेखि नै लागू हुनेगरी माला आयात रोकिएको छ । ‘यस वर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा २०८० कात्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मको लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ,’ सूचनामा भनिएको छ ।

केन्द्रले इजाजतपत्र बेगर आयात गरिएको वस्तु अवैध हुने तथा यसवर्ष सरकारी तथा नीजि संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिनेसमेत प्रष्ट पारेको छ । 

साथै, अवैध सामाग्री भेटिएमा कानूनबमोजिम जफत तथा दण्ड सजाय हुने केन्द्रको चेतावनी छ ।
 

टिप्पणीहरू