प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन हुँदैन : उपकुलपति बास्कोटा

प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन हुँदैन : उपकुलपति बास्कोटा

त्रिभवुन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाइने विद्यमान नीति ठीक नभएको बताएका छन् । उनले समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउन नहुने धारणा राखेका हुन् ।

आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै बास्कोटले भने, ‘विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्छ । शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्छ ।’

उनले ट्रस्टको प्रावधानमा विशेषज्ञलाई कुलपति नियुक्त गर्नुपर्ने व्यवस्थामा जोड दिएका छन् । उपकुलपति बास्कोटाको विश्वविद्यालयलाई राजनीतिक संगठनको आवरणमा बन्द गर्ने काम रोक्न र थप विश्वविद्यालय नखोल्न सुझाव छ ।

टिप्पणीहरू