विनोद चौधरी राति विमानस्थलमा

विनोद चौधरी राति विमानस्थलमा
सुन्नुहोस्

व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी विदेशबाट फर्केका छन् । उनी चीनको ग्वाङ्झौबाट हिजो राति काठमाडौं आएका हुन् । 

चौधरी चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६७ मा राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।

उनी प्रायः नयाँ दिल्ली, सिंगापुर, श्रीलंका र दुबई गइरहन्छन् । विवादास्पद व्यापारीको छबि बनाएका चौधरीको भारत, श्रीलंका, बंगलादेश, युएई, सिंगापुर, फिलिपिन्स, चीन, अफ्रिका र अमेरिकाका होटल तथा रिसोर्टमा लगानी छ । तीमध्ये केही मुलुकमा वाइवाई कारखाना खोलेका छन् भने रियलस्टेट तथा इन्भेष्टमेन्ट कम्पनीमा पनि लगानी छ ।

टिप्पणीहरू