प्रधानमन्त्री आज दिनभर बुटवलमा व्यस्त हुँदै

प्रधानमन्त्री आज दिनभर बुटवलमा व्यस्त हुँदै

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाँदै हुनुहुन्छ । 

उहाँ बुटवलमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ । सबैभन्दा पहिले बिहान ११ बजे आम्दा अस्पताल पुग्ने कार्यक्रम छ । 

त्यसपछि दिउँसो १ बजे माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीहरुसँग छलफल र २ बजे जनवर्गीय संगठनका अगुवालाई प्रशिक्षण दिएपछि अपरान्ह राजधानी फर्कनुहुनेछ ।

टिप्पणीहरू