संसदमा नबोलेरै विरोध

संसदमा नबोलेरै विरोध

 संसद बैठकमा बोल्न समय पाएर पनि नेपाली कांग्रेसका सांसद सञ्जय गौतम मौन रहेका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले नबोलेरै व्यतित गरेका हुन् । सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि आसनबाट उभिएका उनी एक मिनेटसम्म बोल्दै बोलेनन् । 

गौतम मौन उभिएको देखेपछि सभामुख घिमिरेबाट पुन: ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भनेर जानकारी गराइएको थियो । त्यसपछि पनि उनी मौन रहे । 

गौतमले नबोलेरै ब्यङ्ग्य गरेपछि कतिपय सांसदले टेवल ठोकेर समर्थन गरेका थिए । संसद बैठकमा सरकारलाई खबरदारी गर्न सांसदहरुले बेलाबखत व्यंगात्मक शैलीमा बिरोध गर्ने गरेका छन् । तर, गौतमले किन मौन उभिएको हो भन्नेबारे केही बताएका छैनन् ।
 

टिप्पणीहरू