चीनको गुल्मी : पाओसान

चीनको गुल्मी : पाओसान
सुन्नुहोस्

नमस्कार शाह

पाओसान चीनमा कफीको निम्ति निकै प्रसिद्ध क्षेत्र हो । युन्नानको पाओसानलाई चीनको कफी भूमि भनिन्छ । नेपालको गुल्मी जिल्ला कफीको निम्ति यस्तै प्रख्यात छ ।

प्राप्त विवरणअनुसार सन् १९५२ देखि नै त्यहाँ ठूलो मात्रामा कफी उत्पादन हुन थालेको हो । पाओसान चीनको सिभेट कफी उत्पादन गर्ने पहिलो क्षेत्र पनि हो, जुन चीनमा निकै प्रसिद्ध छ ।

युन्नान पाओसान थोरै अक्षांश पठारमा अवस्थित भूभाग हो । आफ्नो विशेष भौगोलिक अवस्थितिका कारण यसले एउटा पहाडलाई चार मौसम र दस माइल फरकको दिनमा विभाजन गरेको त्रि–आयामिक हावापानी बनाएको छ । यो हावापानी कफी खेतीका लागि निकै उपयुक्त हो । 

पाओसानको उत्कृष्ट प्राकृतिक वातावरण, हावापानी, पानी र अन्य प्राकृतिक फाइदाका कारण यहाँ उत्पादित अरेबिका कफी स्वादिलो मान्न थालिएको छ । कफी अनुसन्धानकर्ता वाङ्ग सि भन्छन्, ‘यहाँको कफी तीतो छैन । बरु सुगन्धित र थोरै अम्लीय छ ।’

पाओसानको अरेबिका कफी रोपण प्रविधिको स्तर बढ्दै गएको छ, विशेषगरी हालका वर्षमा, सिनझाई कफी कम्पनीहरू कफी उत्पादन र बजारीकरणमा निकै लागिपरेका छन् ।

यहाँ कफी प्रवद्र्धनका लागि रोबोट प्रयोग गर्न थालिएको छ । रोबोटले कफी बनाउनेदेखि खुवाउने काम गर्छ । चाइना मोबाइलले तीन वर्ष अघि बनाएको रोबोटको प्रयोग बृहत रुपमा गरिएको देखिन्छ ।

पाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्क नजिकै रहेको कफी एसोसियसनको कार्यालयमा पनि रोबोट प्रयोग गरिएको छ । जहाँ पुरातात्विक शैलीमा दुई दर्जनबढी आकर्षक घरहरू एकै स्वरुपका छन् । 

पाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्कका अध्यक्ष ली चियाबोका अनुसार, उक्त सहरमा मात्रै कफी बिन उत्पादनका लागि ५२ वटा प्रशोधन केन्द्र र कारखाना स्थापना भइसकेका छन् ।

पाओसानको अरेबिका कफी इन्डस्ट्रियल पार्क यहाँको प्रमुख उत्पादन केन्द्र हो । सहरमा रहेका ५२ कफी बिन उत्पादन केन्द्रमध्ये १० वटा सोही इन्डस्ट्रियल पार्कमा रहेका छन् । 

कोभिडको समयमा निर्माण निर्मित इन्डसट्रियल पार्कमा अत्याधुनिक मेशिनहरू जडान गरिएको छ । त्यहाँ दैनिक १५ प्रकारका बिनहरु उत्पादन हुने गरेको जानकारी दिइएको छ ।

पार्क भित्रका दुई दर्जन बढी ठूला भवनमा दैनिक पाँच हजार श्रमिक कार्यरत छन् । उक्त पार्कबाट दैनिक १५० टन कफी उत्पादन हुन्छ ।

टिप्पणीहरू