अधिवेशन अन्त्यअघि के भने माननीयले ?

अधिवेशन अन्त्यअघि के भने माननीयले ?
सुन्नुहोस्

प्रतिनिधिसभाको आजको बैठकमा छुट्ट्याइएको शून्य समयमा सांसदहरुले थरिथरिका धारणा राखेका छन् । सांसद सूर्यप्रसाद ढकालले २०४७ सालपछि राज्यको माथिल्लो जिम्मेवारीमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । 

सांसद विश्वप्रकाश शर्माले प्यालेष्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको उद्धार गर्न सरकारसँग माग गरेका छन् । उनले कतार सरकारसँग समन्वय गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना बताएका हुन् । 

सांसद बिजुला रायमाझीले दुग्ध किसानहरुको बक्यौता रकम भुक्तानी भुक्तानी गर्न माग गरेकी छन् । त्यस्तो रकम ७ अर्ब रहेको बताइन्छ ।सांसद विनिताकुमारी सिंह र सुशिला थिङले आरती साहको न्यायको निम्ति सरकारको ध्यानाकर्षण गराएका छन् ।

तर सांसद सञ्जयकुमार गौतमले उपलब्ध गराइएको एक मिनेटसम्म उभिएर मौन धारण गरेका थिए । सरकारले आज बसेको क्याबिनेटको बैठकमा मध्यरातदेखि संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेको छ ।

टिप्पणीहरू