तीन दलका कारण गणतन्त्र खतरामा परेको रवि लामिछानेको आरोप

तीन दलका कारण गणतन्त्र खतरामा परेको रवि लामिछानेको आरोप
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दलहरुकै कारण व्यवस्था खतरामा परेको दावी गरेका छन् । 

कांग्रेस, एमाले र माओवादी केन्द्रका गतिविधिले नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाएका उनले अरुलाई दोष नदिन चेतावनी दिए । आज बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले भने, ‘व्यवस्था नै खतरामा पर्‍यो भनेर भनेको सुनियो । तपाईंहरूकै कारण यो व्यवस्थामा खतरा आउने त होइन ?’

उनले माओवादी केन्द्रले काठमाडौँमा गर्न लागेको जनप्रदर्शनप्रति पनि कटाक्ष गरे । ‘व्यवस्था बचाउन प्रधानमन्त्रीले नेतृत्व गरेको दल नै सडकमा आउने हो कि ?’ लामिछानेले व्यंग गर्दै भने । प्रमुख तीन दलबाहेक अरुप्रति संसद अनुदार बनेको पनि उनले आरोप लगाए । 

पछिल्लो समय राजावादीहरुको बढ्दो सक्रियता र जनताको असन्तुष्टिमा खेल्ने नयाँ पार्टीहरुका कारण गणतन्त्रमाथि खतरा उत्पन्न भएको तीन ठूला दलको आरोप छ ।
 

टिप्पणीहरू