राष्ट्रसंघका महासचिवको भ्रमणले बहुआयामिक सन्देश गएको माओवादीको दावी

राष्ट्रसंघका महासचिवको भ्रमणले बहुआयामिक सन्देश गएको माओवादीको दावी
सुन्नुहोस्

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दावी गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपालको चारदिन औपचारिक भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका थिए । आज कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले सो भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको बताए । 

महासचिव गुटेरेसले भ्रमणका क्रममा गरेको विश्व शान्तिको अपिल र जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण हुनुलाई सापकोटाले महत्वपूर्ण उपलब्धिका रुपमा चित्रित गरे । 

बुद्धको बारेमा दूराशयपूर्ण ढंगले प्रश्न उठाउन खोजिएका बेला उनकै जन्मभूमि लुम्बिनीबाट महासचिव गुटेरेसले विश्व शान्तिको अपिल गर्नु र गौरवको कुरा भएको पनि उनको भनाइ छ ।

टिप्पणीहरू