दिवंगत पूर्वप्रधानमन्त्रीको बेइजिङमा अन्त्येष्टि

दिवंगत पूर्वप्रधानमन्त्रीको बेइजिङमा अन्त्येष्टि

गत साता निधन भएका चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको आज अन्त्येष्टि गरिएको छ । गत शुक्रबार शांघाईमा हृदयाघातबाट निधन भएका लिको आज राजधानी बेइजिङमा अन्त्येष्टि गरिएको बताइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उनको शवलाई बेइजिङको पश्चिम भागमा रहेको पापाओशान क्रान्तिकारी समाधीस्थलमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ६८ वर्षे लिको निधनमा राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङ, प्रधानमन्त्री लि छियाङ्लगायत केन्द्रीय नेताहरुले लिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारका सदस्यसमक्ष समवेदना व्यक्त गरेको समाचारमा उल्लेख छ ।

टिप्पणीहरू