सैनिक 'कू' चाहियो भन्दै रिले अनशन

सैनिक 'कू' चाहियो भन्दै रिले अनशन

देशमा सैनिक ‘कू’ हुनुपर्ने माग गर्दै एक युवा सडकमा ओर्लिने भएका छन् । 

आफूलाई स्वतन्त्र नेपाली नागरिक भनाउँदै आएका राकेशकुमार शर्माले सैनिक शासनका लागि रिले अनशन घोषणा गरेका हुन् । आगामी मङ्सिर ५ गते बिहान ८ देखि दिउँसो २ बजेसम्म माइतीघर मण्डलामा अनशन बस्ने उनले जनाएका छन् ।

वर्तमान राजनीतिक व्यवस्था र नेताहरुका कारण मुलुक अप्ठेरोमा परेकाले सैनिक कू अनिवार्य बनेको उनको धारणा छ ।

टिप्पणीहरू