चन्द्रपुरका पूर्वनगर प्रमुखमाथि भ्रष्टाचारको आरोप

चन्द्रपुरका पूर्वनगर प्रमुखमाथि भ्रष्टाचारको आरोप

रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालिन नगर प्रमुख रामचन्द्र चौधरी भ्रष्टाचार अभियोगमा तानिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसहित प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल, लेखा अधिकृत एंवम् राजश्व शाखा प्रमुख किर्तिराज सुवेदी र आशिक कन्स्ट्रक्सनका सञ्चालक विनोदराउत बरैविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुको मिलेमतोमा नगरपालिकाले स्थानीय चाँदी नदीको नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरी ५५ लाख दुई हजार १०६ रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको पुष्टि भएको छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को कसुरमा सजाय र दोब्बर जरिवानाको मागदाबी गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

टिप्पणीहरू