रिगल फेरि पक्राउ, साढे ११ वर्ष जेल बस्नुपर्ने

रिगल फेरि पक्राउ, साढे ११ वर्ष जेल बस्नुपर्ने
सुन्नुहोस्

यसअघिको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै रिगल भनेर चिनिने योगराज ढकाल भर्खरै पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले उनलाई नेपालगञ्जबाट सर्वोच्चको आदेशलगत्तै नियन्त्रणमा लिएको हो । उनलाई कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै पुनः कारागार पठाउन सर्वोच्चले परमादेशसमेत जारी गरेको छ । 

यो आदेशसँगै रिगललाई पुनः बाँकी कैद भुक्तानका लागि कारागार पठाइने छ । जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुरले जन्मकैदको फैसला सुनाएकाले उनी २० वर्ष जेल बस्नुपर्ने हुन्छ । 

तर, ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी हुँदै संविधान दिवसको अवसरमा उनलाई रिहा गरिएको थियो । त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले अदालतमा रिट हालेकी थिइन् ।

टिप्पणीहरू