एनएमबी बैंकका गार्ड मृत फेला, सुत्ने कोठा र शौचालय रगताम्मे

एनएमबी बैंकका गार्ड मृत फेला, सुत्ने कोठा र शौचालय रगताम्मे
सुन्नुहोस्

सिरहाको मिर्चैया छ, कटारी चोकमा रहेको एनएमबी बैंकका एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । उनी आज बिहान सुतेको कोठामा मृत फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार ५७ वर्षीय नेत्रबहादुर गुरुङ बैंकको शाखा कार्यालय रहेको भवनको दोस्रो तल्लाको गार्ड कोठामा मृत फेला परेका हुन् । महोत्तरीको बर्दिबास घर भएका गुरुङ बैंक रहेको दोस्रो तल्लामा भित्रबाट फलामको चेट गेटमा ताल्चा लगाएको अवस्थामा सुत्ने कोठामा आज बिहान भेटिएका हुन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी भित्रबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतले गुरुङ मुटुको बिरामी रहेको विवरण प्राप्त भएको उल्लेख गरे । 

‘यसअघि उनको मुटुको एउटा भल्भ फेरिएको रहेछ,’ उनले अगाडि भने, ‘सिसिटिभी फुटेजको आधारमा हिजो उनले कार्यालय सरसफाई गर्ने क्रममा रगत बान्ता गरेको देखिएको छ । कुदेर बाथरुम छिरेको र त्यहाँ पनि बान्ता गरेको र सुत्ने कोठामा पुगेर पनि लगातार रगत बान्ता गरेका कारण मृत्यु भएको देखिन आएको छ ।’

टिप्पणीहरू