भोलि बिहानसम्म व्यवसाय हटाउन नगरपालिकाको निर्देशन

भोलि बिहानसम्म व्यवसाय हटाउन नगरपालिकाको निर्देशन

चितवनको राप्ती नगरपालिकाले नहर विभागभित्र सञ्चालित व्यवसाय हटाउन निर्देशन दिएको छ । वडा नम्बर ५ स्थित विभागमा सञ्चालित व्यवसाय हटाउन नगरपालिकाले भोलि बिहान ९ बजेसम्मको समय दिएको हो । 

नगरपालिकाले तोकिएको समयभित्र आफ्नो व्यवसाय अन्यत्र सार्न व्यवसायीहरुलाई आग्रह गरेको छ । अटेर गरेमा दर्ता खारेज गरिने चेतावनी दिइएको छ । 

‘नहर विभागमा व्यवसाय गरी सञ्चालन गरिरहेका सम्पूर्ण व्यवसायीहरुले कात्तिक १७ गतेका दिन बिहान ९ बजेभित्र आफ्नो व्यापार–व्यवसाय अन्यत्र सारी राप्ती नगरपालिकाको निर्णयलाई सहयोग गरिदिन आग्रह गर्दछौं । अन्यथा सो क्षेत्रमा रहेका व्यवसायीलाई राप्ती नगरपालिकाले स्वतःखारेज गर्ने’, प्रकाशित सूचनामा उल्लेख छ ।

नगरपालिकाले सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाउने अभियान चलाएको छ । सिँचाइ विभाग र हुलाकको नाममा रहेको जग्गामा बनाएको घरटहरा हटाउन पटकपटक आग्रह गरेपनि अटेर गरेपछि नगरपालिकाले आज बिहान डोजर चलाएको थियो ।

टिप्पणीहरू