कोरियाका कृषिमन्त्री शीतल निवासमा

कोरियाका कृषिमन्त्री शीतल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । 

भेटमा राष्ट्रपति पौडेलले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । साथै,नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको र आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभएको छ । 

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति राष्ट्रपतिले कृतज्ञता ज्ञापन गर्नुभएको जनाइएको छ ।

टिप्पणीहरू