माथिल्लो अरुण हेर्न तीन हेलिकोप्टरको प्रयोग, अर्थ र जलस्रोतमन्त्रीसँगै डेढ दर्जन सवार

माथिल्लो अरुण हेर्न तीन हेलिकोप्टरको प्रयोग, अर्थ र जलस्रोतमन्त्रीसँगै डेढ दर्जन सवार

विश्व बैंक, एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु माथिल्लो अरुण जलविद्युत परियोजना अवलोकनमा गएका छन् । उनीहरु तीन वटा हेलिकोप्टरमा बिहान साढे ७ बजे त्यता गएका हुन् । 

हेलि एभरेष्ट, अल्टिच्युड एअर र श्री एअरलाइन्सको हेलिकोप्टरमा १७ जना गएका छन् । एउटा हेलिकोप्टरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेत पनि बिहान संखुवासभा जानुभएको छ ।

त्यसैगरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत प्राधिकरण्का अधिकारीहरु, विश्व बैंकका प्रबन्ध निर्देशक आन्ना मारियालगायत तीन जना, एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नौड काउचौइसलगायत छ जना विभिन्न हेलिकोप्टरमा त्यता गएका हुन् ।

टिप्पणीहरू