सुपर ओभरमा नेपाललाई हराउँदै ओमानद्वारा उपाधि रक्षा
टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ ।
निर्धारित २० ओभरमा स्कोर बराबरीमा पुगेपछि भएको सुपरओभरमा ओमानले नेपाललाई हराएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । २२ रनको लक्ष्य पाएको नेपाल मात्र १० रनमा समेटियो ।
यसअघि कीर्तिपुरस्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओमान पनि १८४ मा रोकिएपछि सुपर ओभरबाट निर्णय लिइएको हो ।
जितसँगै ओमानले उपाधि हात पारेको छ ।
टिप्पणीहरू