प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना हुनुभएको छ । ज्वरो आएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । 

प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयालका अनुसार उहाँको काठमाडौंको हेल्पिङ् ह्याण्ड्स सामुदायिक अस्पताल चाबहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षणको क्रममा निमोनिया देखिएको फुयालले जानकारी दिए ।

उपचारत प्रदेश प्रमुख शर्माको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ । उहाँलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

टिप्पणीहरू