सुविधा थैलीबाट चार एन्टिबायोटिक औषधी हटाइयो

सुविधा थैलीबाट चार एन्टिबायोटिक औषधी हटाइयो

सरकारले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधी ‘सुविधा थैली’ बाट हटाएको छ । 

स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ती चार प्रकारका औषधी सुविधा थैलीबाट हटाइएकोले सिफारिस नगर्न अनुरोध गरेको हो । 

बोर्डका अनुसार एम्पिसिलनि÷क्लोक्जासिलिन, सेफोपेराजोन÷सल्बेक्टम, सेफोटेक्सिम÷सल्बेक्टम र सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधी सुविधा थैलीबाट हटाइएको छ । 

यी चार वटै एन्टिबायोटिक औषधी हुन् । औषधी व्यवस्था विभागको सिफारिस नगरिएका सूचीमा रहेका औषधीको प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाएको बोर्डले जनाएको छ ।
 

टिप्पणीहरू