विश्वभर कोभिड १९ संक्रमित बढे

विश्वभर कोभिड १९ संक्रमित बढे

विश्वमा फेरि कोभिड–१९ का बिरामी देखा परेका छन् । पछिल्लो एक महिनामा  एक लाख १८ हजारभन्दा बढी नयाँ संक्रमित अस्पताल भर्ना भएको र एक हजार छ सयभन्दा बढी नयाँ आइसियुमा भर्ना भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओका अनुसार पछिल्लो चार हप्तामा कोभिड–१९ को संक्रमितमा ५२ प्रतिशतले वृद्धि भएको छ । जारी विज्ञप्तिमा पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितमध्ये तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोभिड–१९ का एक लाख १८ हजारभन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओले सर्वसाधारणलाई सङ्क्रमण र गम्भीर रोगबाट बच्न आग्रह गरेको छ । भिडभाड नगर्न, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउन र अरूबाट सुरक्षित दूरी कायम गर्न भनिएको छ ।

टिप्पणीहरू