‘एल्लो फिभर’ विरुद्धको खोप अभाव

‘एल्लो फिभर’ विरुद्धको खोप अभाव
सुन्नुहोस्

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘एल्लो फिभर’ विरुद्धको खोप सकिएको छ । उक्त खोपको नेपालका लागि आधिकारिक बिक्रेताबाट आपूर्ति नभएको तथा प्रयोगशालामा मौज्दात नभएको जनाइएको छ ।

प्रयोगशालाले विगत वर्षदेखि सेवाग्राहीहरुलाई तोकिएको शुल्क लिई एल्लो फिभरविरुद्धको खोप उपलब्ध गराउँदै आएको छ । तर, अहिले खोपको आपूर्ति समयमा नभएका कारण वा मौज्दात नरहेकाले खोप सेवा बन्द गर्नुपरेको जनाइएको छ ।

खोप प्राप्त हुनासाथ पुनः सेवा सुचारु गरिने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू