हिमालयको ल्हासा उडान शुरु,काठमाडौं विश्वका विभिन्न शहरसँग झन जोडिँदै

हिमालयको ल्हासा उडान शुरु,काठमाडौं विश्वका विभिन्न शहरसँग झन जोडिँदै
सुन्नुहोस्

चिनियाँ र नेपालीको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्सले आजदेखि ल्हासा उडान थालेको छ ।आगामी सातादेखि प्रत्येक सोमबार हुने उडान काठमाडौंबाट पहिलो उडान आज (बिहीबार) बिहान सवा ८ बजे छुट्नेछ ।

यसअघि हिमालयले चीनको राजधानी बेइजिङ,सांघाई, छिन्ताओ र चोङछिङमा उडान थालिसकेको छ । 

"काठमाडौंबाट चीनका आठ स्थानमा सोझो उडान हुँदै आएको छ । उता,भारतका नयाँ दिल्ली,कलकत्ता, बैंगलोर,बनारस र मुम्बईमा पनि उडान हुने गरेको छ ।"

ल्हासा उडानका निम्ति आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती,नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिन,विमान कम्पनीका अध्यक्ष चौ एन्योङ्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीको उपस्थिति थियो ।

काठमाडौंबाट चीनका अन्य एअरलाइन्सले छन्तु,ग्वाङ्चौ र खुनमिङमा उडान भर्दै आएका छन् । यीसहित काठमाडौंबाट चीनका आठ स्थानमा सोझो उडान हुँदै आएको छ ।

उता,भारतका नयाँ दिल्ली,कलकत्ता, बैंगलोर,बनारस र मुम्बईमा पनि उडान हुने गरेको छ । तीमध्ये दिल्ली,मुम्बई र बैंगलोरमा नेपाल वायुसेवा निगमको पहुँच छ । बनारसमा भने आन्तरिक वायुसेवा बुध्द एअरले उडान थालेको छ । 

नवनिर्मित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरा विमानस्थलबाट उडान सुचारु हुन थालियो भने चाहिँ नेपाल दुई छिमेकीलगायत विश्वका विभिन्न मुलुकसँग सोझै जोडिने क्रम बढ्ने निश्चित छ ।

 

टिप्पणीहरू