छिमेकी मुलुकका फलफूल बजारमा अधिकांश चिनियाँ फल

सुन्नुहोस्

चीनले विश्व बजारमा आफ्नो प्रभाव बढाउँदै लगेको छ । अमेरिका, युरोपदेखि अफ्रिका, एसिया र विश्वका अधिकांश मुलुकका बजारमा चिनियाँ सामानको दबदबा छ । 

औद्योगिकपछि अहिले चीनले कृषि उत्पादन पनि ठूलो परिमाणमा निर्यात गर्न थालेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार नजिकैका मध्य एसियाली मुलुकमा पछिल्लो समय चीनको फलफूलले बजार लिएको बताइन्छ । 

चीनको सिन्च्याङ प्रान्त हुँदै मध्य एसियाका कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, तर्कमेनिस्तान र उज्बेकिस्तानमा विशेषगरी ठूलो परिमाणमा चिनियाँ फलफूल निर्यात भएको हो । 

जम्माजम्मी ८ करोड जनसंख्या रहेका ती मुलुकमा गत वर्ष १ लाख ९६ हजार टन फलफूल र सागपात चीनबाट निर्यात भएको थियो । अधिकांश निर्यात सिन्च्याङको होर्गोस सुख्खा बन्दरगाहबाट भएको हो । यो अघिल्लो वर्षको तुलनामा १५४ दशमलब ६ प्रतिशतले बढी हो । 

भिडियो स्रोत  : सिन्ह्वा ।

टिप्पणीहरू