बचत फिर्ता नदिने सञ्चालक र पीडितबीच छलफल

बचत फिर्ता नदिने सञ्चालक र पीडितबीच छलफल

लामो समयदेखि बचत फिर्ता नपाएका गोरखा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका बचतकर्ता र सहकारी सञ्चालकबीच छलफल शुरु भएको छ । 

ललितपुर महानगरपालिका–१४, चापागाउँ दोबाटोमा रहेको सहकारीका अध्यक्ष ईमानसिंह राईलाई भेटेर पीडित बचतकर्ताहरुले बचत फिर्ताको सुनिस्चितताका लागि छलफल गरेका हुन् । गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी पीडित संघर्ष समितिको संयोजक दिपेन्द्र राउतलगायत करिब तीन दर्जनको उपस्थितिमा सहकारीको सभाहलमा छलफल भएको जनाइएको छ । 

सहकारीले लामो समयदेखि बचत फिर्ता दिनसकेको छैन् । आफ्नो बचत फिर्ताका लागि संघर्ष समिति गठन गरेर पीडित बचतकर्ताहरुले निरन्तर सहकारीलाई दबाब दिइरहेका छन् ।

टिप्पणीहरू