बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ ।
विशेष अदालतमा गत माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाई आज सकिएको हो । सुनुवाई सकिएसँगै भोलि फैसला आउने अनुमान गरिएको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यहि प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कीर्ते कसूरमा अनुसन्धान गरेर मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो ।