अदालत मिलाउनु त उनलाई बायाँ हातको खेल

अदालत मिलाउनु त उनलाई बायाँ हातको खेल
सुन्नुहोस्

ललिता निवास प्रकरणमा विशेष अदालतले बुधबार सफाई दिएका 'हाइप्रोफाइल' पात्र पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छेदारले पटक-पटक अदालतलाई आफ्नो पक्षमा पार्दै आएको जानकारहरुले जनआस्थालाई बताएका छन् । 

बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा गच्छेदारले विशेष अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारुलाई प्रभावमा पारेर उन्मुक्ति पाएको चर्चा चलिरहेको छ । थारु समुदायका न्यायाधीश इजलासमा नभैदिएको भए गच्छेदारको हकमा फैसला अन्य किसिमको हुनसक्थ्यो भन्ने एकथरीले तर्क गरिरहेका छन् । 

गच्छेदारले अदालतलाई आफू अनुकूल मोड्न न्यायाधीशलाई हात लिएको पुरानो एउटा घटना यहाँ स्मरणीय छ । विद्यार्थीकालमा मोरङ बहुमुखी क्याम्पसमा अनेरास्ववियुका विद्यार्थी नेता फणिन्द्र तिमिल्सिनाको दिनदहाडै सयौँ विद्यार्थीको वीचमा हत्या गरेको आरोपमा समातिएर उनी जेल परेका थिए । सो घटनामा गच्छेदारले एउटा आँखा गुमाएका थिए ।

विजय गच्च्छेदारलाई जेलबाट निकाल्न उनले त्यसबेलाको चार बिगाहा जमिन बेचेर २५ लाख जम्मा पारेछन् । र, न्यायाधीशलाई ठूलै थैली बुझाएपछि बल्ल काम बनेको रहेछ ।

त्यतिबेला पनि गच्छेदारलाई निकाल्न उनका बुबाले ठूलो हैरानी खेप्नुपरेको थियो । जेलमा रहेका उनलाई छुटाउन विराटनगरका तत्कालीन चर्चित दुई हस्ती अधिवक्ताहरुलाई अदालतमा बहस पैरवीका लागि उनले अनुरोधसमेत गरेका थिए । एउटै ल फर्ममा काम गर्ने कमल कोइराला र भरतमोहन अधिकारीलाई अनुरोध गर्दा यी दुईले असमर्थता जनाए । 

घटनाको स्मरण गर्दै कमल कोइरालाले जनआस्थालाई भने, 'त्यसबेला मुद्दा लडिदिनुपर्यो भन्ने आग्रह थियो,तर हामीले भन्यौँ- अनेरास्ववियुका विद्यार्थी नेताको हत्या आरोपमा विजय जेलमा छन्,हामी वामपन्थी विचारका हौँ अनि तपाईंको छोरालाई निकाल्न हाम्रो नैतिकताले दिंदैन भनेर मानेनौँ ।' मुद्दा विराटनगर जिल्ला अदालतमा सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश नयनबहादुर खत्रीको पुरोहितका छोरा पुरुषोत्तमको इजलासमा परेको थियो । उनी बद्नाम न्यायाधीशका रुपमा चिनिन्थे । अन्तत: तिनै न्यायाधीशको आदेशमा बिजय जेलमुक्त भए । 

पुरुषोत्तम नामका ती न्यायाधीशलाई प्रभावित बनाएर विजयलाई उन्मुक्ति दिलाएका बाबुले त्यसको रहस्य खोल्दै आफूलाई भनेको सन्दर्भ कमल कोइरालाले सुनाए- विजय गच्च्छेदारलाई जेलबाट निकाल्न उनले त्यसबेलाको चार बिगाहा जमिन बेचेर २५ लाख जम्मा पारेछन् । र, न्यायाधीशलाई ठूलै थैली बुझाएपछि बल्ल काम बनेको रहेछ । 

यसैबीच जनआस्थासँग कुरा गर्दै गच्छेदार नजिक एक व्यापारीले बिशेष अदालतको फैसला आउने करिब एक महिना अगाडिदेखि नै गच्छेदारले रकमको जोहो गर्न आग्रह गरेको र आफूले पनि सहयोग गरेको सुनाए ।

टिप्पणीहरू