लघुवित्त पीडितहरु काठमाडौं आउनेक्रम जारी (फोटो फिचर)

लघुवित्त पीडितहरु काठमाडौं आउनेक्रम जारी (फोटो फिचर)
सुन्नुहोस्

लघुवित्त तथा वित्तिय शोषणविरुद्ध राजधानीमा पुनः प्रदर्शन थालिएको छ । मुलुकभरबाट झण्डै तीन हजार पीडित आइपुगेको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले जानकारी दिए । 

एक हजारभन्दा बढी पीडित मुग्लिनदेखि काठमाडौंसम्म हिँडेर आएका हुन् । सरकारले समिति बनाए पनि काम नगरेपछि पुनः सरकारलाई झकझकाउन आन्दोलन गर्न आएको बर्दियाका जीवन सुनारले बताए । 

मुग्लिनबाट हिँडेका उनीहरु छ दिनपछि हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बसेका थिए । आज थानकोटबाट र्याली निकालेर कलंकी हुँदै कोटेश्वर तिनकुनेमा गएर बस्ने कार्यक्रम छ । भोलिदेखि शान्तिपूर्ण आन्दोलन थालिने ज्ञवालीले बताए ।

टिप्पणीहरू