बागमती प्रदेशसभाको तेह्रौं अधिवेशन मंगलबार

बागमती प्रदेशसभाको तेह्रौं अधिवेशन मंगलबार

बागमती प्रदेशसभाको अधिवेशन आउँदो फागुन १५ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दिँउसो ३ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । 

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपाल संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको तेह्रौं अधिवेशन आह्वान गरिएको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

भनिएको छ,‘बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको तेह्रौं अधिवेशन संवत् २०८० साल फागुन १५ गते मंगलबार दिनको ३ बजे आह्वान गरेको छु ।’

टिप्पणीहरू