एमाले अध्यक्ष पौने १ बजे चितवन पुग्ने, समीक्षा अधिकारीले गीत गाउने

एमाले अध्यक्ष पौने १ बजे चितवन पुग्ने, समीक्षा अधिकारीले गीत गाउने
सुन्नुहोस्

चितवनको भरतपुर महानगरपालिकाले आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन  कार्यक्रम राखेको छ । नारायणी नदी किनारमा आयोजित समारोह स्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रम उद्घाटन गर्नुहुने छ ।

समारोहमा सबै पूर्वप्रधानमन्त्रीहरुलाई निम्तो दिइएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाहेक अरु सबै चितवन पुगेर कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमेत पुग्ने निश्चित भएको छ । उहाँ हेलिकोप्टरमा दिउँसो पौने १ बजे चितवन पुग्ने र त्यसपछि मकवानपुरको कार्यक्रममा सहभागी भएर साँझ राजधानी फर्कने एमाले चितवनले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो साँझ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल हिजो अपरान्ह चितवन पुग्नुभएको छ । पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, शेरबहादुर देउवा र मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि पुग्ने कार्यक्रम छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछाने पनि चितवन पुग्दैछन् ।

बिहान ११ बजेदेखि १२.३० बजेसम्म सांस्कृतिक कार्यक्रम र दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु हुने जनाइएको छ । त्यसपछि पनि सांस्कृतिक कार्यक्रम राखिएको छ । अभिनेता पल शाह जेल परेको घटनासँग जोडिएकी गायिका समीक्षा अधिकारीले पनि गीत गाउने बताइएको छ ।


टिप्पणीहरू